दार्चुलाको नौगाडमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ सौकेबगडमा टिप्परको ठक्करबाट ५५ वर्षीय हरसिंह ऐरीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

नौगाडको सौकेबगडबाट होपरीगाड गइरहेको बा. ३ च. २३९९ नम्बरको टिप्परले आइतवार (आज) दिउँसो  ठक्कर दिदा ऐरीको घटना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

टिप्पर चालक संखुवासभाको चौनपुर नगरपालिका वडा नम्बर ७ का २४ वर्षीय सुरज तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?