दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा रहेको बोहरीगाउँ स्वास्थ्य चौकीमा सञ्चालन भएको निःशुल्क प्रजनन् स्वास्थ्य शिविरबाट पहिलो दिन ६३ जना महिलाले सेवा लिएका छन् ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना र शैल्यशिखर नगरपालिकाको समन्वय तथा सहकार्यमा सञ्चालन भईरहेको २ दिने महिलाहरुको प्रजनन् स्वास्थ्य शिविरको पहिलो दिन शुक्रबार (आज) ६३ जना महिलाले सेवा लिएको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत शिव दत्त जोशीले जानकारी दिनुभयो ।

शिविरमा महिलाहरुको पाठेघरको समस्या, तल्लो पेट दुख्ने, यौन रोग, रगत परीक्षण लगायतका समस्याहरुको उपचार सेवा र परामर्श प्रदान भईरहेको बोहरीगाउँ स्वास्थ्य चौकीका इन्चार्ज कृष्णानन्द पन्तले जानकारी दिनुभयो ।

शुक्रबार २८ जना महिलाको पाठेघर खेसेको परीक्षण गरिएको उहाँले बताउनुभयो । त्यस्तै १० अल्ट्रासाउण्ड, २२ जनाको रगत परीक्षण र ३ जनामा पिआईडी परीक्षण गरिएको इन्चार्ज पन्तले बताउनुभयो ।

२८ जना महिलाको पाठेघर खसेको परीक्षण गर्दा ४ जनाको पाठेघर खसेको समस्या देखिएको उहाँले बताउनुभयो । पाठेघर खसेका मध्ये ३ जनाको रिङ पेसरी राखिएको र १ जनलाई अप्रेसनको लागि सिफारिस गरिएको पन्तले बताउनुभयो ।

त्यस्तै ३ जनामा यौन रोग (पीआईडी)को समस्या देखिएको छ।

शिविरमा जिल्ला अस्पताल बैतडीका डाक्टर सुरेश विष्ट र डाक्टर सन्जीन केसीले उपचार तथा  परामर्श सेवा प्रदान गरिरहनुभएको छ।

दुई दिने शिविरको नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष केशव दत्त जोशीले उद्घाटन गर्नुभएको थियो ।

शनिवार भोली पनि विहान १० बजे देखि शिविर हुने स्वास्थ्य चौकी इन्चार्ज पन्तले बताउनुभयो । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुला र शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीको पनि उपस्थिती रहेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?