दार्चुलाको मालिकार्जुन गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले नागरिकको घरदैलो सेवाको प्याकेजसहित वडाहरुमा एकीकृत घुम्ती शिवर सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

बैशाख १० गते देखि गाउँपालिकाका ७ वटा वडाहरुमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

एकीकृत घुम्ती शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण सेवा, विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य परीक्षण सेवा, कृषि तथा पशु विकास सेवा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा र योजना अनुगमन तथा अन्तीम भुक्तानी सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

जस अनुसार सामाजिक सुरक्षा भत्ता वितरण शिविर गाउँपालिकाको वडा नम्बर ७ बाहेकका बसै वडाहरुमा सञ्चालन हुने छ । शिविरबाट सामाजिक सुरक्षा भत्ता लाभग्राहीले सजिलै भत्ता बुझ्न सक्ने गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

त्यस्तै विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण शिविरबाट नागरिकको स्वास्थ्य परीक्षण, उपचार र औषधी वितरण तथा परार्मश सेवा प्रदान गरिने छ।

कृषि विकास सेवा अन्तरगत बाली संरक्षण, किसान सुचीकरण तथा परिचय पत्र वितरण सेवा र बाली बिरुवाको उपचार र परामर्श सेवा प्रदान गरिने छ। पशु विकास सेवा अन्तरगत पशु उपचार तथा परामर्श, औषधी वितरण र बन्ध्याकरण सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

त्यस्तै आयुर्वेद तथा वैकल्पिक चिकित्सा अन्तरगत बिरामी जाँच, औषधी वितरण तथा रोग निदानार्थ योगशाला सम्बन्धी जानकारी तथा परामर्श सेवा र योजना अनुगमन तथा अन्तीम भुक्तानी अन्तरगत योजनाको स्थलगत अनुगमन गरिने, पृष्ठपोषण र अन्तीम भुक्तानीका लागि फायल संकलन गरिने गाउँपालिकाले जनाएको छ।

बैशाख १० गते गाउँपालिकाको वडा नम्बर ६ उकुमा शिविर सञ्चालन हुने छ। त्यस्तै बैशाख ११ गते वडा नम्बर ७ जोलजिवीमा र १२ गते वडा नम्बर ५ डाडाँकोटमा शिविर सञ्चालन हुने छ। त्यस्तै १४ गते वडा नम्बर ४ को हुनैनाथमा, १५ गते वडा नम्बर ३ को मालिकार्जुन, १६ गते वडा नम्बर २ को भगवतीमा र १७ गते वडा नम्बर १ को भर्ताेलामा शिविर सञ्चालन हुने ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?