आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

दार्चुला । दार्चुलासहित देशभरका बालबालिकालाई आज र आइतवार (भोली) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइँदै छ । ६ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ बर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

जिल्लाभरी १३ हजार ९ सय ४० जना बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको छ । यस मध्ये ८ हजार १ सय ९५ जना बालबालिकालाई जुकाको औषधी र ९ हजार ३ सय १४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने छ ।

अभियानका लागी जिल्लाभरिका ३ सय ८० जना महिला स्वास्थ्य स्वयसेविकालाई परिचालन गरिएको छ ।

बाललबालीकाहरुलाई भिटामिन ‘ए’ खुवाएमा रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण र छालाको रोगबाट जोगाउन सकिन्छ । सरकारले प्रत्येक ६÷६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरिएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । जुकाको औषधी भने २०५६ सालदेखि खुवाउन थालिएको हो ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?