दार्चुला । व्याँसी शौका (रँ) समाज दार्चुलाको ८औँ महाधिवेशन उद्धघाटन भएको छ ।
दार्चुलामा मात्रै बसोवास रहेको व्याँसी शौका समुदायले स्थापना गरेको व्यासी सौका (रँ) समाज दार्चुलाको ८ औँ महाधिवेशन तथा २५ औँ वार्षीक साधारणसभा शनिवार (आज) जिल्ला सदरमुकाम खंलगामा अवस्थित भावना होटेलको सभाहलमा उद्धघाटन गरिएको व्याँसी शौका समाज दार्चुलाका अध्यक्ष पुरन सिंह बुढाथोकीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्धघाटन शत्रमा व्याँसी शौका समुदायको पहिरन झल्कीने पोशाक सहित सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । आइतवार (भोली ) बन्दशत्रका माध्यमबाट नयाँ समिति चयन गरिने अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
व्याँसी शौका (रँ) समाज दार्चुलाका अध्यक्ष पुरन सिंह बुढाथोकीको अध्यक्षता रहेको कार्यक्रममा भारतको उत्तराखण्ड प्रदेशका पूर्वमुख्य सचिव नेत्र सिंह नपच्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा जिल्लास्थित नागरिक समाज, सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया