बसको ढोकाबाट खसेर गोकुलेश्वरको चौलानी बोर्डिङमा कार्यरत एक शिक्षकको मृत्यु

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ चम्तडीमा बसको ढोकाबाट खसेर एक जना शिक्षकको ज्यान गएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा अवस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ को (कोपिन्डा) घर भएका २८ वर्षीय शिक्षक विष्णु दत्त भट्टको ज्यान गएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

भट्ट विद्यालयकै बसको ढोकाबाट खसेको र उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो ।

गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेका शिक्षक भट्ट चौलानी बोर्डिङ स्कुलमा गणित शिक्षकको जिम्मेवारीमा कार्यरत रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राद्यापक तथा चौलानी बोर्डिङका शिक्षक गोकर्ण पाठकले बताउनुभयो । लगनशील शिक्षक भट्टको निधनले विद्यालय परिवार स्तब्ध भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?