दार्चुलामा ३० औँ वन्यजन्तु सप्ताह सम्पन्न

 

दार्चुला । “बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसंगको हानीनोक्सानी” भन्ने मूल नाराका साथ बैशाख १ गतेबाट सुरु भएको ३० औँ साताव्यापी वन्यजन्तु सप्ताह २०८२ भव्यताका साथ सम्पन्न भएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको आयोजनमा सञ्चालन गरिएको ३० औँ वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइतवार (हिजो) सम्पन्न भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख विनय कुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्ताहको पहिलो दिन ब्यानर वाचन र झण्डा फेरिएको तथा शैक्षिक गुडहरु प्रदर्शन गरिएको थियो । त्यस्तै सप्ताहको दोस्रो दिन अपि नाम्पा संरक्षण क्षेत्र परिषद् पुनःगठनका लागी सरोकारवालाहरुसंग छलफल तेस्रो दिन जडिबुटी व्यवसायी र सरकारी निकायहरुसंग छलफल तथा चौथौ दिन सामुदायिक बन व्यवस्थापन सम्बन्धि सरोकारवालाहरुसंग छलफल गरिएको थियो । सप्ताहको पाचौँ दिन विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता छैटौँ दिन पोष्टर र पम्पलेट प्रदर्शनी र सातौँ दिन जिल्ला स्थित बन इकाइ तथा सरोकारवालाहरुसंग छलफल गरिएको बताइएको छ ।

त्यस्तै सप्ताहको पाचौँ दिन सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा प्रथम सुर्दशन कुवँर द्धितीय ज्योती जोशी तृतीय निधि ऐरी र सात्वना स्थान पाप्त गर्ने किसान पाललाई क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार र एक हजार पुरस्कार बितरण गरिएको कार्यालय प्रमुख झाले बताउनुभयो । सप्ताहको अवसरमा सरसफाई, वन्यजन्तुहरुको अवस्था,सरक्षित वन्यजन्तुहरुको अवस्था र प्रकृतिबारे गहन समिक्षा सहित छलफल गरिएको छ । सप्ताह अवधिभर वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधिको बारेमा छलफल गरिएको बताइएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत संरक्षित वन्यजन्तु पाइने गरेका छन् । त्यस्तै यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय बढी प्रजातीका चरा पाइने गर्दछन् । कार्यालयले अपि नाम्पा संरक्षण क्षेत्रभित्र पाईने वन्यजन्तुहरुको व्यानर तस्वीरहरु समेत प्रदर्शन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?