सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान भएको छ ।

समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको हो ।

बैतडीको पाटन, बझाङको चैनपुर , डोटीको दीपायल विमानस्थलको निर्माण सकिएकोले परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।

बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडान भएपछि प्रदेशमा उत्साह बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको निरीक्षण समेत गर्नभएको छ । परीक्षण उडानका क्रममा आउनुभएका मन्त्री भट्टराईले विमानस्थल निरीक्षण पनि गर्नुभएको हो ।

मन्त्री भट्टराईको टोलीमा बैतडी, बझाङ, डोटीका प्रतिनिधिसभा सदस्यहरु, नागरिक उड्डयन प्राधिकरणको पदाधिकारी, प्राविधिकसहितको टोली रहेको बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

टोली विमानमार्फत धनगढीबाट डोटी, बझाङ हुदैं बैतडी आएको हो ।

 सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ।

सुदूरपहाडका सबै जिल्लामा नियमित विमान चल्छ : मन्त्री भट्टराई

Govind Giri को फोटो।

Govind Giri को फोटो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?