दार्चुला । “लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार” भन्ने मुल नाराका साथ मालिकार्जुन गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु भएको छ ।
नागरिकको घरदैलोमा सेवाको प्याकेज पुर्याउने उद्धेश्यले वडा नम्बर ६ उकुँबाट एकीकृत घुम्ती शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो । शिविरको पहिलो दिन आज वडा नम्बर ६ उकुँमा ३०९ जनाले वडास्तरबाटै सेवा लिएका छन् । मालिकार्जुन गाउँपालिका अन्र्तरगतका ६ वटा शाखाहरुबाट प्रदान गरिने सेवाहरु वडास्तरबाटै शिविरका माध्यमबाट दिइरहेको उहाँले बताउनुभयो । शिविरबाट वडा नम्बर ६ का ४० जना पुरुष र ५१ जना महिला गरी जम्मा ९१ जनाले १२ लाख ३३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाप्त गरेका छन् ।

त्यस्तै ९ जना पुरुष र १७ जना महिला गरी २६ जनाले आयुर्वेद सेवा, ४१ जना महिला र ३२ पुरुष गरी ७३ जनाले स्वास्थ्य चेकजाँच तथा परार्मश सेवा लिएको शिविरमा सहभागी गाउँपालिकाका सूचना अधिकारी सुरज प्रशाद जोशीले जानकारी दिनुभयो । शिविरबाट वडा नम्बर ६ का १३ जना किसानहरुलार्ई किसान सूचिकरणमा समावेश गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै ४२ जनाले कृषि शाखाबाट पाप्त गर्ने सेवा, ४८ जनाले पशु परार्मश तथा उपचार गरी कुल ३ सय ९ जना लाभग्राहीहरुले वडास्तरबाट सेवा लिएका छन् । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी लगायत प्राविधिक सहितको गाउँपालिकाको टोलीले वडा भित्र सञ्चालन भएका ५ वटा योजनाहरुको अनुगमन गरेको छ ।
बैशाख ११ गते भोली वडा नम्बर ७ जोलजिवीमा शिविर सञ्चालन हुने भएकाले सरोकारवाला लाभग्राहीहरुलाई सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ ।





प्रतिक्रिया