दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ खेताली स्थित चौलानी नदी किनारमा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ ।
बुधवार दिउँसो मृत अवस्थामा फेला परेको शव बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय श्याम सिंह साउँदको रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।
साउँदको मानसिक अवस्था कमजोर रहेको बुझिएको छ । उहाँ आज विहान घरबाट बेपत्ता हुनुभएको थियो । मृतक साउँदको शव गोकुलेश्वर अस्पतालमै राखिएको र आफन्तहरु सम्र्पकमा आएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया