दार्चुलामा यार्चागुम्बा संकलनका लागि अनुमतिपत्र वितरण सुरु

दार्चुला । दार्चुलामा यार्चागुम्बा सङ्कलनको लागी अनुमतिपत्र वितरण कार्य सुरु भएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालले बैशाख पहिलो साताबाट यार्चागुम्बा तथा जडिबुटी संकलनका लागि अनुमतिपत्र वितरण कार्य सुरु गरेको कार्यालय प्रमुख विनय कुमार झाले जानाकारी दिनुभएको छ । जिल्लास्थित जडिबुटी संकलन व्यवसायी, उद्योग वाणिज्य संघ दार्चुला तथा सुरक्षा निकायका प्रमुखहरुसंको छलफलपछि अनुमतिपत्र वितरण सुरु भएको उहाँले बताउनुभयो ।

यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने भएपनी अनुमतिपत्र वितरण कार्य भने सुरु भएको उहाँले बताउनुभयो ।कार्यालयका अनुसार यार्चा संकलन गर्ने जानेहरुको लागि शुल्क समेत निर्धारण गरिएको छ । जसअनुसार अपिनाम्पा संरक्षण क्षेत्रभित्रका स्थानीयको लागि रु ५ सय शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै संरक्षण क्षेत्रबाहिर रहेका जिल्लाभरीका स्थानीयहरुको लागी रु २ हजार र जिल्लावाहिरका स्थानीयको लागि रु ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख झाले बताउनुभयो । कार्यविधि अनुसार आगामी जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुने भएपनी संरक्षण क्षेत्रभित्रका स्थानीयहरु  यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेको उहाँले बताउनुभयो ।यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिइने बताइएको छ ।

दार्चुलाको अपिहिमाल, ब्याँस, दुहुँ र नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत संकलनका लागी यार्चागुम्बा र जडीबुटी संकलन गर्ने गरेका छन् । जिल्लाको लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्चागुम्बा पाइने गरेको छ । कार्यालयले अनुमति विना यार्चा तथा जडिबुटी संकलन नगर्न सूचित गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?