मालिकार्जुन–३ को लटिनाथ मन्दिर व्यवस्थापनको लागि सहयोग अभियान सञ्चालन गरिने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्बावमा अवस्थित लटिनाथ (लटवाव) मन्दिरमा घेर पर्खाल तथा गेट निर्माणको लागि समिति गठन गरिएको छ ।

गाउँलेहरुको भेलाबाट ज्येष्ठ नागरिक तुला सिंह धामीको अध्यक्षतामा बसेको बैठकले मन्दिरको व्यवस्थानको लागी समिति गठन गरेको हो । स्थानीय युवाहरुको सक्रियतामा अति आवश्यक रहेको घेर पर्खाल तथा गेट निर्माणको लागि सहयोग अभियान चलाउने र सोही रकमबाट घेर पर्खाल तथा गेट निर्माण पुनः निर्माण गरिने स्थानीय शेर सिंह धामीले जानकारी दिनुभयो ।

सो अभियानको लागी अनिल सिंह धामीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको नवगठित समितिका अध्यक्ष अनिल सिंह धामीले बताउनुभयो । बैशाख १३ गते मन्दिर व्यवस्थापनको लागि बैठक बस्ने र थप निर्णयहरु गरिने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?