दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा (सिलाई कटाई) सीप विकास तालिमको उद्धघाटन गरिएको छ ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार लक्षित वर्ग तथा अन्य वर्गको लागि सीप विकास तालिम तथा प्रविधि सहयोग कार्यक्रम अन्र्तरगत सिलाई कटाई तालिमको उद्धघाटन गरिएको गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकामा गारमेन्ट उद्योग स्थापना गर्ने लक्ष्यका साथ सिलाई कटाई तालिमको उद्धघाटन गरिएको उहाँले जानकारी दिनुभयो । तालिममा गाउँपालिकाभित्रका १० जना उद्यमीहरुको सहभागिता रहेको छ । सीप विकास तालिम उद्धघाटन कार्यक्रममा वडा नम्बर २ मा सञ्चालित दुधका परिकार बनाउने तालिममा सहभागीहरुले तयार पारेको मिठाई समेत वितरण गरिएको छ ।
शुक्रवार (आज) एक कार्यक्रमका बिच गाउँपालिका उपायक्ष कल्यान सिंह धामीले तालिमको उद्धघाटन गर्नुभएको हो ।





प्रतिक्रिया