दार्चुला । दार्चुलामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ६ मेल्लाउ (कुनाडिबला) बस्ने ७३ वर्षीय विरमा देवी मिश्रको भीरबाट लडेर ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । शुक्रवार (आज) विहान ११ बजेतिर घरनजिकैको स्थानीय भीरबाट लडेर मिश्रको घटनास्थलमै ज्यान गएको बताइएको छ ।





प्रतिक्रिया