प्रधानमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउनुभएकाे छ। त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ ।

उहाँहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताउनुभएकाे छ । रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो जानकारी गराउनुभएकाे हाे। उहाँले ट्विटरमा भन्नुभएकाे छ,–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।

प्रेस सल्लाहकार थापाले पनि फेसबुकमा लेख्नुभएकाे छ,–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”

प्रेस सल्लाहकार थापाका अनुसार शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?