दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहका कृषि शाखा प्रमुख, कृषि ज्ञान केन्द्र दार्चुला सामुदायिक ग्रामिण विकास समाज नेपाल अन्र्तगतको एकिकृत सामुदायिक विकास परियोजना, र हिमालयन सिड्स एण्ड सप्लायर्सका प्रतिनिधीहरु बीच समन्वय बैठक सम्पन्न भएको छ ।
युएसडीए,विश्व खाद्य कार्यक्रम र मर्सी कोर नेपालको नेतृत्व एंव सप्रोस नेपाल द्धारा सञ्चालित स्थानीय स्तरमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको आयोजनमा बैठक सम्पन्न भएको सप्रोस नेपाल दार्चुलाका जिल्ला कार्यक्रम संयोजक कृष्ण सिंह ठगुन्नाले जानकारी दिनुभयो । बैठकमा जिल्लाका ९ वटै स्थानीय तहहरुका कृषि शाखा प्रमुखहरुले स्थानीय तहहरुले विद्यालय दिवा खाजा कार्यक्रमका लागि स्थानीय तहका नीति तथा कार्यक्रमका लागि गरिएका प्रयासहरुको वारेमा प्रस्तुतिकरण गर्नुभएको छ ।
कार्यक्रममा पालिकाहरुले कृषि क्षेत्रमा गरेका असल अभ्यासका वारेमा समेत जानकारी गरिएको थियो । जस अनुसार मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि एमबुलेन्स सन्चालन गर्ने, प्लाष्टिक घर निर्माणमा सहयोग, १४ वटा विद्यालयहरुमा भान्सा निर्माण गर्ने, नौगाड गाउँपालिकाले एक वडा एक दाल र तरकारी पकेट, स्थानीय वाली प्रवद्र्धन कार्यक्रम र दिवा खाजा कार्यक्रमलाई विशेष जोड दिने कार्यक्रम रहेको जानकारी गराइएको छ ।
त्यस्तै दुहुँ, ब्याँस, अपिहिमाल, मार्मा, लेकम, शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिकाहरुले विद्यालय दिवा खाजा कार्यक्रमलाई सहयोग पुग्ने किसिमका क्रियाकलापहरु दाल र तरकारी प्लाष्टिक घर निर्माण, बजारीकरणका लागि कार्यक्रमहरु राखिएको बताएका छन् ।
सप्रोस नेपाल अन्र्तगत संचालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमले चालु आर्थिक वर्षमा संचालन गर्ने कार्यक्रमहरुको वारेमा जानकारी राखिएको र स्थानीय तहहरु सँग समन्वय गरि कार्यक्रमलाई प्रभावकारी बनाउन लगायतका विषयमा छलफल गरिएको जिल्ला संयोजक ठगुन्नाले जानकारी दिनुभयो ।





प्रतिक्रिया