दार्चुला । दार्चुलाको गोकुलेश्वरमा बैशाख १५ गते (सोमवार) बाट सञ्चालन हुने रामलिला महायज्ञको तयारी अन्तिम चरणमा आइपुगेको छ ।
चौलानी सभ्यता समाज नेपालको आयोजनमा जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित एयरर्पोटमा सञ्चालन हुने रामलिला महायज्ञको तयारी अन्तिम अवस्थामा आइपुगेको आयोजक कमिटीले जनाएको छ ।
उक्त कार्यक्रममा शास्त्री नारद प्रशाद बिष्टले प्रवचन दिने बताइएको छ । कार्यक्रममा दार्चुलाका नौँ वटै स्थानीय तहका प्रमुखहरु,सरकारी कार्यालयका प्रतिनिधिहरू,राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, संगीतप्रेमी तथा कलाकारहरुलाई आमन्त्रण गरिएको चौलानी सभ्यता समाज नेपालका अध्यक्ष पुर्ण बहादुर साउँदले बताउनुभयो ।
महायज्ञको लागि मञ्च निर्माण यज्ञ साम्रगी संकलन लगायतका कामहरु भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया