दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजनामा लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा शनिवार (आज) निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख तारा प्रशाद पाण्डेयले जानकारी दिनुभयो । शिविरबाट १ सय ५० जना महिला र १ सय ६५ जना पुरुष गरी कुल ३ सय १५ जनाले सेवा लिएको केन्द्रका सूचना अधिकारी रगंलाल महरले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा छालासम्बन्धि रोगका बिरामीहरुको संख्या बढी रहेको बताइएको छ । शिविरमा निःशुल्क औषधि बितरण गर्नुका साथै बिरामीहरुको चेकजाँच गरिएको छ ।





प्रतिक्रिया