दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकाँडामा अवस्थित निर्माणाधिन बोहरीगाउँ स्वास्थ्य चौकीको भवन ढलानको तयारी भइरहेको छ ।
संघिय सरकारको ३५ लाख रुपैयाँ बजेटमा निर्माण भइरहेको स्वास्थ्य चौकी भवनको ढलान गर्ने तयारी भइरहेको निर्माण कम्पनी आनन्द निर्माण सेवाका सञ्चालक खेमराज जोशीले जानकारी दिनुभयो ।निर्माण कम्पनीले असार मसान्तसम्म भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य सहित सम्झैता गरेको थियो ।
नवनिर्मित अस्पतालको भवनमा गर्भवती महिलाको चेन्जिङ तथा सरसफाई कक्ष र शैचालय सहित ४ कोठाहरु निर्माण गरिने शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशब दत्त जोशीले जानकारी दिनुभयो । बोहरीगाउँ स्वास्थ्य चौकीमा एक जना (एचए) सहित १० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।





प्रतिक्रिया