सीप विकास तालिममा सहभागी हुन आवेदन पेश गर्न लेकम गाउँपालिकाद्धारा सूचित

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले निःशुल्क सीप विकास तालिममा सहभागी हुन आवेदन पेश गर्न सूचित गरेको छ ।

पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट प्राली पोखराको आयोजनामा अगामी जेठ ७ गतेदेखि सञ्चालन हुने सीप विकास तालिममा सहभागी हुन बैशाख २० गतेभित्र आवेदन दिन सूचित गरिएको लेकम गाउँपालिकाका रोजगार संयोजक राधा बल्लभ जोशीले जानकारी दिनुभयो ।

जेठ ७ गतेबाट ४ महिने सिकर्मी र सटरिङ्ख, ४ महिने डकर्मी प्लम्बर र स्टिल फर्निचर, ४ महिने इलेक्ट्रोनिक तथा मोबाईल मर्मत र ६ महिने बेसिक एडभान्स इलेक्ट्रोनिक तालिम सञ्चालन हुने उहाँले बताउनुभयो ।

तालिममा सहभागी हुन इच्छुकले बैशाख २० गतेसम्म नेपाली नागरिकताको प्रमाणपत्र, पासर्पोट साइजको फोटो, शैक्षिक प्रमाणपत्र तथा अभिभावकहरुको मन्जुरीनामा पत्र सहित आवेदन दिन सूचित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?