दार्चुला । दार्चुलामा भुकम्पको धक्का महसुस गरिएको छ ।
आइतवार (आज) दिउसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भुकम्पको धक्का महसुस गरिएको हो ।भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार नेपाल–भारत सीमा नजिकैको क्षेत्र उत्तराखण्ड प्रदेशको सुवा भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको बताइएको छ ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाइएको छ ।





प्रतिक्रिया