दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वडा कार्यालय केन्द्रीत भएर घुम्ती शिविरद्धारा सेवा दिइ रहेको छ । “लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार” भन्ने मुल नाराका साथ गाउँपालिकामा बुधबारबाट एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको छ। नागरिकको घरदैलोमा सेवाको प्याकेज पुर्याउने उद्धेश्यले वडा नम्बर ६ उकुँबाट एकीकृत घुम्ती शिविर सुरु गरिएको थियो ।
बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन वडा नम्बर ६ उकुँमा, दोस्रो दिन विहिबार वडा नम्बर ७ जोलजिविमा, तेस्रो दिन शुक्रबार वडा नम्बर ५ डाँडाकोटमा, चौथो दिन आइतबार वडा नम्बर ४ हुनैनाथमा, पाँचौ दिन वडा नम्बर सोमबार वडा नम्बर ३ मालिकार्जुनमा र छैटौ दिन मंगलबार आज वडा नम्बर २ भगवतीमा घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
पहिलो दिन वडा नम्बर ६ उँकुमा सञ्चालन भएको शिविरबा ३ सय ९ जनाले वडास्तरबाटै विभिन्न सेवाहरु लिएका थिए । शिविरबाट वडा नम्बर ६ का ४० जना पुरुष र ५१ जना महिला गरी जम्मा ९१ जनाले १२ लाख ३३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाप्त बुझेको गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताउनुभयो । त्यस्तै २६ जनाले आयुर्वेद सेवा, ७३ जनाले स्वास्थ्य चेकजाँच तथा परार्मश सेवा लिएको शिविरमा सहभागी गाउँपालिकाका सूचना अधिकारी सुरज प्रशाद जोशीले जानकारी दिनुभयो ।
शिविरबाट वडा नम्बर ६ का १३ जना किसानहरुलार्ई किसान सूचिकरणमा समावेश गरिएको उहाँले बताउनुभयो । त्यस्तै ४२ जनाले कृषि शाखाबाट पाप्त गर्ने सेवा, ४८ जनाले पशु परार्मश तथा उपचार गरी कुल ३ सय ९ जना लाभग्राहीहरुले वडास्तरबाट सेवा लिएका छन् । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी लगायत प्राविधिक सहितको गाउँपालिकाको टोलीले वडा भित्र सञ्चालन भएका ५ वटा योजनाहरुको अनुगमन गरेको थियो ।
शिविर अन्तरगत विहिबार वडा नम्बर ७ जोलजिविमा २ सय ९० जना सेवाग्राहीले विभिन्न सेवाहरु लिएका थिए, भने ५ सय १ पशुपन्छीको लागि औषधी उपचार र ५ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो ।
त्यस्तै शुक्रबार वडा नम्बर ५ डाँडाकोटमा सञ्चालन भएको शिविरबाट ३ सय २२ जनालाई विभिन्न सेवाहरु प्रदान गरिएको र २ सय ६ वटा पशुपन्छीको औषधी उपचार सेवा दिइएको जनाईएको छ। त्यस्तै वडा नम्बर ५ मा ५ वटा योजनाको अनुगमन गरिएको थियो भने ११ लाख ३३ हजार रुपैँया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
त्यस्तै आइतबार वडा नम्बर ४ हुनैनाथमा सञ्चालन भएको शिविरबाट २ सय ८६ जनाले गाउँपालिकाका विभिन्न शाखाहरुबाट प्रदान हुने सेवा लिएका थिए भने, २ सय ९२ पशुपन्छीको लागि औैषधी उपचार सेवा, ४ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । वडा नम्बर ४ मा ४ लाख ६४ हजार ३ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
सोमबार गाउँपालिकाको वडा नम्बर ३ मालिकार्जुनमा सञ्चालन भएको शिविरबाट ४ सय ७१ जनाले गाउँपालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरु वडाबाटै लिएका थिए । त्यस्तै ४ सय ४७ पशुपन्छीको औषधी उपचार सेवा प्रदान गरिएको र ४ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । वडा नम्बर ३ मा १५ लाख १९ हजार ३ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
त्यस्तै मंगलबार आज गाउँपालिकाको वडा नम्बर २ भगवतीमा सञ्चालन भएको शिविरबाट ५ सय २५ जनाले गाउँपालिकाका ६ वटै शाखाबाट प्रवाह गरिने सेवाहरु लिएका छन।
त्यस्तै ७ सय ५५ पशुपन्छीको औषधी उपचार सेवा प्रदान गरिएको र ४ वटा योजनाहरुको अनुगमन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।
वडा नम्बर २ मा एआई जडित एक्सरे मेसिनबाट १ सय जनाको छातीको एक्सरे गरिएको र ५ जनाको क्षयरोग परिक्षण गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिका अन्र्तरगतका ६ वटा शाखाहरुबाट प्रदान गरिने सेवाहरु वडास्तरबाटै शिविरका माध्यमबाट दिइरहेको छ। भोली गाउँपालिकाको वडा नम्बर १ भर्ताेलामा शिविर सञ्चालन हुने छ।





प्रतिक्रिया