जिप्रका दार्चुलामा कार्यरत प्रहरी निरीक्षक जोशी “चैत्र महिनाको उत्कृष्ट प्रहरी” कर्मचारी घोषित

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्ति राज जोशी “चैत्र महिनाको उत्कृष्ट प्रहरी” कर्मचारी पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत रहेर नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पुर्ण रुपमा लगानशिल, कर्तव्यनिष्ठ भई सर्वसाधारण नागरिकलाई अनुभुती गराउने कार्य गरेको तथा विभिन्न प्रकृतिका मुद्धाहरुको सफल अनुसन्धान, फैसला कार्यान्वयन गर्न महत्वर्पुण भुमिका खेलेको उल्लेख गर्दै  जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका प्रहरी निरीक्षक कान्ति राज जोशीलाई “चैत्र महिनाको उत्कृष्ट प्रहरी” पुरस्कारबाट पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

यसैबिच प्रहरी निरीक्षक जोशीको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी सरुवा भएको छ । गृह मन्त्रालयको पत्र अनुसार प्रहरी निरीक्षक जोशीको काठमाडौँ सरुवा भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?