दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले बैशाख १० गतेबाट सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट २ हजार ६ सय ९५ जनाले वडास्तरबाटै सेवा लिएका छन्
“लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार” भन्ने नारा सहितको कर्मचारीको टोलिले गाउँपालिका कार्यालयबाट प्रभाव हुने सेवा वडा गाउँपालिकाका ७ वटा वडा कार्यालयबाटै उपलब्ध गराएको हो । बैसाख १० गतेदेखि वडा नम्बर ६ उकुँबाट सुरु गरिएको शिविर बैसाख १७ गते बुधबार वडा नम्बर १ मा सेवा दिदै सम्पन्न भएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।शिविरबाट ७ वटै वडाका २ हजार ६ सय ९५ जनाले सेवा लिएको उहाँले बताउनुभयो ।
पशु सेवा केन्द्रले ३ हजार १ सय २६ पशुपंक्षीका लागि औषधी वितरण गर्दै उपचार सहित परामर्श सेवा दिएको छ । गाउँपालिकाले माछापुच्छ्रे बैंक लिमिटेड मालिकार्जुन शाखाको सहकार्यमा ६२ लाख २२ हजार ६ सय रुपैया समाजिक सुरक्षा रकम भुक्तानी गरेको छ । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दार्चुलासंगको सहकार्यमा ए आई जडित एक्सरे सेवाबाट १ सय ६५ जनाको छातिको चेकजाँच र १७ जनाको क्षयरोगको नमुना संकलन गरिएको छ ।
भौगोलिक रुपमा विकटता रहेका क्षेत्रमा बस्ने जनताको आवश्यक्तालाई पुरा गर्न र गाउँपालिकाबाट प्रदान गरिने सेवाहरुमा नागरिकको पहुँच बढाउन सबै सेवालाई एउटा प्याकेज बनाएर शिबिरबाट वडा–वडामा गएर सेवा दिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया