दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित गोकुलेश्वर बजारमा अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी , घरेलु कार्यालय दार्चुलाका प्रमुख केशब राज जोशी, शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिबदत्त जोशी, पशु तथा कृषि शाखा प्रमुखहरु, प्रहरी सहायक निरीक्षक गोपाल बहादुर दाहाल लगायतको सयुक्त टोलीले बजार अनुगमन गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।
उहाँँका अनुसार बजार अनुगमनका क्रममा म्याद नाघेका ६ हजार ४ सय १८ रुपैयाँ बराबरका साम्रगीहरु बरामद गरी नष्ट गरिएको बताइएको छ । बजारका विभिन्न पसलहरुमा नमकिन, पाउँरोटी, लिपगार्ड र पाउडर लगायतका म्याद नाघेका साम्रगीहरु भेट्टिएको उहाँले बताउनुभयो ।
म्याद नाघेका साम्रगीहरु बरामद गरेर नष्ट गरिएको बताइएको छ । साथै व्यापारीहरुलाई म्याद नाघेका साम्रगीहरु बिक्रि,बितरण नर्गन अनुरोध समेत गरिएको छ ।






प्रतिक्रिया