दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा क्षयरोग परीक्षण शिविर सञ्चालन हुने भएको छ। लेकम गाउँपालिकाको आर्थिक बर्ष २०८१÷८२ को स्वीकृत कार्यक्रम अन्तरगत गाउँपालिकाको वडा नम्बर २ र ३ मा एक्सरे मेसिनबाट क्षयरोग जाँच शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर ३ मा रहेको लाली स्वास्थ्य चौकीमा बैशाख २४ गते र वडा नम्बर २ कुणीको वडा कार्यालयमा बैशाख २५ गते शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।
शिविरमा स्वास प्रस्वास, दम तथा क्षयरोग सम्बन्धी चिकित्सकीय सेवा प्रदान हुने उहाँले बताउनुभयो । त्यस्तै एक्सरे मेसिनबाट क्षयरोग तथा दमको जाँच गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनुभयो ।
शिविरमा १५ बर्ष माथिका श्वास प्रश्वासमा समस्या भएका नागरिकलाई सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ।






प्रतिक्रिया