अपिहिमाल गाउँपालिकाद्धारा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको लागि सुझाव माग

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ को बार्षिक नीति तथा कार्यक्रम सम्बन्धी राय सुझाव माग गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइरहेकोले सरोकारवाल सबै संग सुझाव उपलब्ध गराउन आग्रह गरेको गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले बताउनुभयो ।

बार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका बासिको जिवन स्तरमा सुधार ल्याउन तथा “सुन्दर, समृद्ध र विकसित अपिहिमाल” निर्माण गर्नको लागि के कस्ता नीति तथा कार्यक्रमहरु समावेश गर्न उपयुक्त हुन्छ, भन्ने विषयमा आम नागरिक, बुद्धिजिवि, समाजसेवी, राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, पेशाकर्मी लगायत सरोकारवाला सबै सम्पुर्ण नागरिक ÷संघ सस्थालाई बैशाख ३० गते भित्र राय सुझाव उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?