अनधिकृत र अतिक्रमित संरचना हटाउन महाकाली नगरपालिकाको आग्रह

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले अनधिकृत संरचना र अतिक्रमण गरिएका संरचना हटाउन आग्रह गरेको छ। नगरपालिकाले मंगलबार  एक सूचना जारी गर्दै नगर क्षेत्रमा रहेका अनधिकृत र कानुन विपरित निर्माण तथा सञ्चालन भइरहेका संरचना हटाउन आग्रह गरेको हो ।

नगरपालिकाको मिति २०८२ बैशाख २ गतेको बैठकको निर्णय अनुसार नगरपालिका क्षेत्र भित्र कानुन विपरित प्रयोग, अतिक्रमण, गैरकानुनी कब्जा गरिएका र लिजको उदेश्य विपरित प्रयोग भएका सरकारी तथा सार्वजनिक प्रकृतिका जग्गाहरुको अतिक्रमण तथा अनधिकृत प्रयोग हटाई जग्गाहरु साविककै अवस्थामा फिर्ता ल्याउने निर्णय अनुसार नगरपालिकालिकाले एक सूचना जारी गर्दै अनधिकृत र कानुन विपरित प्रयोग भएका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले बताउनुभयो ।

साथै तोकिएको समयमा अटेर गरि संरचना नहटाएमा वा अतिक्रमित क्षेत्रबाट नहटेमा नगरपालिकाले उक्त संरचना हटाउने र अतिक्रमित क्षेत्र खाली गर्ने र सो कार्यमा खर्च भएको रकम सम्बन्धीत व्यक्ति, संस्था वा कार्यालय संग असुल गर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?