दार्चुलाको अपिहिमालमा मेलमिलाप कर्ता लक्षित ३ दिने पुनर्ताजगी तालिम सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलाप कर्ता लक्षित तीन दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ।

गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकामा रहेका मेलमिलाप कर्ताको पुनर्ताजकी तालिम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलले जानकारी दिनुभयो ।

तालिममा न्यायिक समितिमा आउने समस्याहरू , वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने रु, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषयमा अधिवक्ताहरूले प्रशिक्षण दिनुभएका थियो ।

मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा अदालतको काम लगायत विषयमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

तालिममा सुदूरपश्चिम प्रदेश मेलमिलाप समितिका अधिवक्ता रोहित देउवा र गणेश कडायतले प्रशिक्षण दिनुभएको थियो ।

गाउँपालिकाको न्यायिक समिति सदस्य चिन्ते धामीको अध्यक्षतामा सञ्चालन भएको समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?