ब्याँस-४ डोकटमा पहिलो पटक गाडी पुग्यो

दार्चुला ।  दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकट टोलमा पहिलो पटक गाडी पुगेको छ।

दार्चुला-तिंकर सडकको वडा नम्बर ४ कार्कट्याबाट डोकट सम्म गाउँपालिकाले २ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि डोकटमा पहिलो पटक गाडी पुगेको गाउँपालिका उपाध्यक्ष विनोद कुवरले जानकारी दिनुभयो ।

वडा नम्बर ४ को बिच भागबाट दार्चुला-तिंकर सडक निर्माण भएको र कार्कट्याबाट गाउँपालिकाले सडक निर्माण गरि डोकट सम्म पुगाएको उहाँले बताउनुभयो।  गाउँपालिकाले  वडा नम्बर ४ को ठुलो बस्तीलाई सडक सञ्जालमा जोडन चक्रपथ सडकको परिकल्पना गरि क्रमागत रुपमा सडक निर्माण गरिरहेको उपाध्यक्ष कुवरले बताउनुभयो ।

गाउँपालिकाले पहिलो चरणमा ३० लाख बजेटमा उपभोक्ता समिति मार्फत २ किलोमिटर सडक निर्माण गरि डोकटमा पहिलो पटक गाडी पुगेको वडा नम्बर ४ का वडा अध्यक्ष झुन सिंह विष्टले बताउनुभयो ।

डोकटमा पहिलो पटक गाडी पुग्दा वडा अध्यक्ष विष्टसहित स्थानीय नागरिकले चालकलाई फुलमालासहित स्वागत गरेको उहाँले बताउनुभयो ।

साथै डोकट सम्म सडक निर्माणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष मंगल सिंह धामी,उपाध्यक्ष विनोद कुवर, वडा अध्यक्ष झुन सिंह विष्ट लगायतका जनप्रतिनिधिहरुलाई स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?