लेकमका ३ वडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न, ४६५ जनाले सेवा लिए

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका तीन वडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ ।

चालु आर्थिक बर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई लक्षित गरि वडाहरुमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले आइतबारबाट सञ्चालन गरिएकोे सामाजिक सुरक्षा भत्ता वितरण शिविर गाउँपालिकाको वडा नम्बर १,३ र ४ मा सम्पन्न भएको गाउँपालिकाका एमआइएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाका तीन वडामा सम्पन्न शिविरबाट ४ सय ६५ जना सामाजिक सुरक्षा भत्ता लाभग्राहीले सेवा लिएको उहाँले बताउनुभयो ।

बुधबार आज गाउँपालिकाको वडा नम्बर १ सर्मौलीमा सम्पन्न शिविरबाट १ सय १ महिला र ७७ जना पुरुष गरि १ सय ७८ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको उहाँले बताउनुभयो ।

आइतबार गाउँपालिकाको वडा नम्बर ३ लालीमा सञ्चालन भएको शिविरमा ७९ जना महिला र २९ जना पुरुष गरि कुल १ सय ८ जनाले वडाबाटै शिविरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता बुझेका थिए । त्यस्तै सोमबार वडा नम्बर ४ खरकडामा सम्पन्न शिविरबाट ९८ जना महिला र ८१ जना पुरुष गरि कुल १ सय ७९ जनाले भत्ता बुझेको उहाँले बताउनुभयो ।

मंगलबार गाउँपालिकाको वडा नम्बर ६ उचाकोटमा शिविर सञ्चालन गर्ने तालिका रहेकोमा मंगलबारको शिविर शोक विदाका कारण २६ गतेको लागि सारिएको विष्टले बताउनुभयो ।mअब वडा नम्बर ६ उचाकोटमा २६ गते शिविर सञ्चालन गरिने छ ।

विहिबार भोली गाउँपालिकाको वडा नम्बर २ कुणीमा शिविर सञ्चालन हुने एमआइएस अपरेटर विष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?