दार्चुलामा एक किशोरी मृत फेला

दार्चुला । दार्चुला सदरमुकाम खंलगामा झुन्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ। विहिबार (आज) अपरान्ह ५ बजेको समयमा महाकाली नगरपालिका वडा नम्बर ५ खंलगामा भाडामा बस्दै आएको घरमा १४ वर्षीया बालिका रिया कुवंर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

व्याँस गाउँपालिका वडा नम्बर ३ घर भई हाल महाकाली नगरपालिका वडा नम्बर ५ मा भाडामा बसेर छन्नातिंकरी कन्या माविमा अध्ययनरत कुवंर घरभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेको उहाँले बताउनुभयो । घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?