कर्मचारी ऐन ल्याउनुपर्ने माग सहित दार्चुलाका तीन वटा स्थानीय तहमा तालाबन्दी

दार्चुला । दार्चुलाका तीन वटा स्थानीय तहहरुमा प्रदेश सरकारले कर्मचारी ऐन ल्याउनुपर्ने माग राख्दै तालाबन्दी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी ऐन ल्याउनुपर्ने माग राख्दै जिल्लाको लेकम गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकामा तालाबन्दी गरिएको सम्बन्धित स्थानीय तहका कर्मचारी संघर्ष समितिहरुले जानकारी गराएका छन् ।

“सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन,सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१” तत्काल जारी हुनुपर्ने मागसहित स्थानीय तह कर्मचारी संघर्ष समितिले गाउँपालिका कार्यालयहरुमा तालाबन्दी गरेको बताइएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेपछि कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?