लेकममा मुक्त हलिया र दलित नागरिक संगठनका पदाधिकारीहरुको भेला सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा वडा नम्बर ५ चौपातामा मुक्त हलिया र दलित नागरिक संगठनका पदाधिकारीहरुको लागि स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र सुशासन सम्बन्धि भेला तथा तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय मुक्त हलिया समाज मंहासघ नेपालको आयोजनामा लेकम गाउँपालिकास्तरिय भेला वडा नम्बर ५ को सभाहलमा सम्पन्न भएको मुक्त हलिया समाज नेपाल दार्चुलाका सचिव बीश्राम लुहारले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय हलिया मुक्ति समाजका कार्यक्रम संयोजक तेजराम लुहारले प्रशिक्षण गराउनुभएको थियो । भेलाबाट रमेश दमाईको सयोजनमा ११ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

समितिको उप–संयोजकमा लक्ष्मण लुहार, सचिवममा केशब राम लाबड, कोषाध्यक्षमा मानमती पार्की सदस्यहरुमा तारा सार्की, गिता लावड, हर्कराम पार्की, ईश्वर राम दमाई, पदम राम कामी र करिन दमाई चयन भएको सचिव लुहारले बताउनुभयो । कार्यक्रममा दलित उत्थान,दलितहरुका समस्या र समाधानका उपायका बारेमा छलफल गरिएको छ ।

जिल्ला हलिया मुक्त समाज नेपाल दार्चुलाका अध्यक्ष दानीराम तिरुवाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहराको प्रमुख आतिथ्यता रहेको थियो । यसअघि जिल्लाको शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?