दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ कलोनका ४५ वर्षीय शिबराज जोशी भारतको बेङ्गलोरबाट बेपत्ता भए ।
बुबा बेपत्ता भएको ६ महिनामै सोही ठाउँमा काम गर्दै आएका २५ वर्षीय (छोरा) सुरेन्द्र राज जोशी पनी विगत एक हप्तादेखि सम्पर्क विहिन भएका छन् । एक वर्ष अघि कामको सिलसिलामा जोशी परिवारका तीन सदस्य (बुबा शिबराज जोशी,आमा जानकी देबी जोशी र छोरा सुरेन्द्र राज जोशी) भारतको बेङ्गलोर पुगेका थिए ।
६ महिनाअघि कामको सिलसिलामा शिबराज जोशी सम्पर्क विहिन भएको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको उहाँकी श्रीमती जानकी देबी जोशीले बताउनुभयो । बुबा हराएको ६ महिनामै बेङ्गलोरबाट घर फर्किने क्रममा छोरा सुरेन्द्र जोशी पनी बेपत्ता हुँदा आमा जानकी जोशीको बिचल्ली भएको छ ।
श्रीमान हराएको ६ महिना भयो, खोजी भईरहेको छ । बुढा बेपत्ताको पिडा एकातिर छ, अहिले छोरापनी सम्र्पक विहिन भयो जोशीले भन्नुभयो । सगै काम गर्न गएका श्रीमान र छोरा बेङ्गलोरमै बेपत्ता भएपछि भाउजू (जानकी जोशी) को बिचल्ली भएको देवर जनक राज जोशीले जानकारी दिनुभयो ।
उहाँलाई कसैले भेट्टाएमा भारतको लागी ९१८१२३४३७४३१,९१९४५८३१८५७२ र नेपालका लागी ९८६८७९०५४३, ९८६८८७२१५० नम्बरमा सम्पर्क गरिदिन अपिल गरिएको छ ।





प्रतिक्रिया