लटिनाथ मन्दिरको गेट र मैदान निर्माणका लागि आर्थिक सहयोग र श्रमदानको अपिल

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको लटिनाथ दुदिला मन्दिर निर्माणको लागि सहयोग अभियान जारी रहेको छ ।

स्थानीय सरकार तथा सरोकारवालाहरुले चासो नदेखाएपछि स्थानीय युवाहरुको सक्रियतामा बैशाख १५ गतेबाट मन्दिर निर्माणको लागि सहयोग अभियान सञ्चालन गरिएको समितिका अध्यक्ष अनिल सिंह धामीले जानकारी दिनुभयो । स्थानीय सरकार र अन्य कुनैपनी निकायबाट मन्दिरको पुनःनिर्माण तथा घेर पर्खाल र गेट निर्माणको लागि पहल नभएपछि स्थानीय युवाहरुको सक्रियतामा सहयोग अभियान सञ्चालन गरिएको सयोजक शेर सिंह धामीले बताउनुभयो ।

हालसम्म मन्दिरको पुनःनिर्माण गेट तथा घेरपर्खाल निर्माणको लागि रकम संकलन अभियान जारी रहेको र श्रमदानका लागि पनी अपिल गरिएको अध्यक्ष धामीले बताउनुभयो । आफनो गाउँ आफै बनाउ भन्ने भावका साथ युवाहरुले सञ्चालन गरेको अभियानमा सहयोग गर्न मन्दिरका भरणे गणेश सिंह धामीले आग्रह गर्नुभयो । मन्दिरको गेट निर्माणको लागि शिलन्यास गरी काम सञ्चालन भइसकेकोले श्रमदान गर्न इच्छुक सम्र्पुण आस्थावान भक्तजनहरु, समाजसेवी र स्थानीय युवाहरुमा अभियानामा सहभागी भइ आर्थिक सहयोगका साथै श्रमदान गरी निर्माणकार्य सम्पन्न गर्न समितिले आग्रह गरेको छ ।

अभियान सञ्चालन गरेर निर्माण गरिन लागेको मन्दिरको प्रवेद्धार (गेट)को सोमबार आज शिलन्यास गरिएको मालिकार्जुन लटिनाथ दुदिला मन्दिर विकास समितिका संयोजक शेर सिंह धामीले बताउनुभयो । मालिकार्जुन–३ मा रहेको लटिनाथ मन्दिरको प्रवेशद्धार (गेट) निर्माणको लागि विभिन्न निकाय संग आग्रह गर्दा पनि गेट निर्माणमा कसैले चाँसो नदेखाए पछि स्थानीय युवाहरु समिति मार्फत अभियान सञ्चालन गरि गेट र घेर पर्खाल निर्माण गरिरहेको समितिका अध्यक्ष अनिल सिंह धामीले बताउनुभयो ।

अहिले मन्दिरमा घेर पर्खाल र गेट निर्माणको लागि देश तथा विदेशबाट आर्थिक संहयोग संकलन भइरहेको उहाँले बताउनुभयो । साथै मन्दिरको घेर पर्खाल तथा गेट निर्माणमा सहयोग गर्न चाहनेहरुले समितिमा सम्पर्क गर्न अध्यक्ष धामीले आग्रह गर्नुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?