दार्चुलामा यार्चागुम्बा सङ्कलनको लागी हालसम्म ६ सय ५६ जनाले अनुमतिपत्र लिए

दार्चुला। दार्चुलामा यार्चागुम्बा संकलनको लागि हाल सम्म ६ सय ५६ जनाले अनुमती पत्र लिएका छन् ।

बैशाख पहिलो साताबाट अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालले यार्चा संकलनको लागि अनुमति पत्र वितरण सुरु गरिएकोमा एक महिनाको अवधिमा ६ सय ५६ जनाले अनुमति पत्र लिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख विनय कुमार झाले जानकारी दिनुभयो ।

जिल्लास्थित जडिबुटी संकलन व्यवसायी, उद्योग वाणिज्य संघ दार्चुला तथा सुरक्षा निकायका प्रमुखहरुसंको छलफलपछि बैशाख पहिलो साताबाट विभिन्न १० वटा ठाउँहरुबाट अनुमतिपत्र वितरण भइरहेको उहाँले बताउनुभयो । अहिले संरक्षण क्षेत्रले ३ प्रकारका अनुमति पत्र वितरण गरिरहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका रेन्जर अरुण चौधरीले बताउनुभयो । संरक्षण क्षेत्र भित्रका नागरिकलाई निलो, संरक्षण क्षेत्र रहेको जिल्ला भित्र( दार्चुला) का नागरिकलाई पहेलो र जिल्ला बाहिरका नागरिकलाई रातो कार्ड वितरण भइरहेको उहाँले बताउनुभयो ।

कार्ड अनुसार शुल्क पनि निर्धारण गरिएको छ। जस अनुसार निलो कार्डलाई ५ सय रुपैयाँ, पहेलो कार्डलाई २ हजार रुपैयाँ र रातो कार्डका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख झाले बताउनुभयो । यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ला रहने गरेका छन्। कार्यविधि अनुसार आगामी जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुने भएपनी संरक्षण क्षेत्रभित्रका स्थानीयहरु यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेका छन् । यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिइने बताइएको छ ।

दार्चुलाको अपिहिमाल, ब्याँस, दुहुँ र नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत संकलनका लागी यार्चागुम्बा र जडीबुटी संकलन गर्ने गरेका छन् । जिल्लाको लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्चागुम्बा पाइने गरेको छ । कार्यालयले अनुमति विना यार्चा तथा जडिबुटी संकलन नगर्न सूचित गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?