दार्चुला । नेकपा (एमाले) जिल्ला कमिटी, दार्चुलाले जनवर्गीय संगठनका अधिवेशनमा जिम्मेवारीमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान गरेको छ ।
आइतबार (आज) जिल्ला कमिटी दार्चुलाले दार्चुलाबाट पार्टीका विभिन्न जनवर्गीय संगठनमा निर्वाचित भएका पदाधिकारीको लागि बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
एमालेको जनवर्गीय संगठनका अधिवेशनमा दार्चुलाबाट प्रदेश तथा केन्द्रीय कमिटीका पदाधिकारीमा निर्वाचित भएको भन्दै बधाई शुभकामना कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो । दार्चुलाबाट यस पटक प्रदेश तथा केन्द्रीय तहका विभिन्न नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी पाएका पदाधिकारीको लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
एमाले जिल्ला कमिटीले नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम इञ्चार्ज पदमराज जोशी, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष नरेन्द्रसिह कार्की र स्वास्थ्यकर्मी महासंघ नेपाल सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दिपकराज विष्टलाई सम्मान गरेको एमाले दार्चुलाका सचिव उमेश राज जोशीले जानकारी दिनुभयो ।
उहाँहरुलाई काईक्रमका प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्युरो सदस्य, दार्चुला इञ्चार्ज एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी र जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले खादा ओडाएर सम्मान गर्नुभएको थियो ।





प्रतिक्रिया