चमेलिया कुणी खानेपानीः मिटर सहित धाराहरु वितरण गरिदै

दार्चुला । “चमेलिया कुणी कुश्काडा वृहत लिप्टिङ खानेपानी” अन्तरगत दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा मिटर सहित खानेपानीका धाराहरु वितरण भइरहेका छन् ।

२०७९ साल पुष महिनामा १२ करोड बजेटमा धुलीखेल एलवी एण्ड जेभी कम्पनीले निर्माणको जिम्मा पाएको लिप्टिङ खानेपानी सञ्चालनको लागि अहिले मिटर सहित धाराहरु वितरण कार्य भइरहेको निर्माण कम्पनी धुलीखेल एलवी एण्ड जेभीका प्रतिनिधी दिल बहादुर बमले जानकारी दिनुभयो ।

हाल चमेलिया नदीबाट लिप्ट सिस्टममार्फत वडा नम्बर २ को थुम्कयालेक (मुख्य टंयाकी) सम्म खानेपानी पुगेको चमेलिया लिप्ट खानेपानी आयोजनाका प्रतिनिधि बमले बताउनुभयो ।

खानेपानीमा बजेट अभाव भएपछि लेकम गाउँपालिकामार्फत मिटर सहित खानेपानीका धाराहरु वितरण भइरहेको लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिव राज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर २ भित्रका ७ सय ९२ घरधुरीलाई मिटर सहित धारा वितरण कार्य भइरहेको बताइएको छ । जसअनुसार शुक्रवार (आज) १ सय ६२ जनालाई मिटरसहितका धारा वितरण गरिएको वडा अध्यक्ष जोशीले बताउनुभयो ।

आयोजनामा बजेट अभाव भएपछि लेकम गाउँपालिकाले धाराहरु दिने र उपभोक्ताहरुले धारा निर्माण गर्ने सहमती भएको थियो । आयोजना अन्तरगत वडा नम्बर २ का विभिन्न टोलहरुमा २२ वटा (सहायक) पानी संकलन टंयाकीहरु समेत निर्माण भइसकेका छन् ।

धाराहरु निर्माण भइसकेपछि खानेपानी सूचारु हुने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?