दार्चुलाको महाकाली नगरपालिकामा ‘समुदाय विपद् स्वंयमसेवक’ तालिम उद्घाटन

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा समुदाय विपद् स्वंयमसेवक तालिम उद्घाटन गरिएको छ। नगरपालिकाको आयोजना र सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४४ गण दार्चुलाको सहजीकरणमा आइतबार (आज) तालिमको उद्घाटन गरिएको हो ।

नगर क्षेत्रभित्र कुनै पनि विपद् जन्य घट्ना भएमा सुरक्षा निकाय पुग्नु पुर्व उद्धारको लागि नगरपालिकाको प्रतेक वडाका दुई -दुई जनालाई समावेश गरेर विपद् स्वंयमसेवक तालिम सञ्चालन भईरहेको नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुलाई कुनै पनि विपद्मा परेकालाई तत्काल कसरी उद्धार गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीको सहयोगमा प्रशिक्षण भइरहेको उहाँले बताउनुभयो ।

२१ दिन सम्म सञ्चालन हुने तालिममा प्रतेक वडाबाट २-२ जना, नगर प्रहरी र विपद् व्यवस्थापन शाखामा कार्यरत कर्मचारी गरि २४ जनाको सहभागिता रहेको छ।

नगर उप-प्रमुख दुर्गा कुमारी खत्री विष्टको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक देव राज जोशी विशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल, नेपाली सेना श्रीदल गुल्म दार्चुलाका गुल्म पति उत्तम खड्का लगायत नगरपालिकाका जनप्रतिनिधि, शाखागत कर्मचारीहरुको सहभागिता रहेको ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?