आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

दार्चुला । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गएराति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भेगका थोरै तथा बाँकी भू–भागका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?