दार्चुलाको लेकम-५ मा मौरीपालन सीप विकास तालिम सञ्चालन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा ७ दिने मौरीपालन सीप विकास तालिम सञ्चालन भएको छ। सोमबार (आज) वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहराको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो।

गरीबी निवारणको लागि गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नम्बर ५ भित्रका कृषकहरुको लागि ७ दिने मौरीपालन सीप विकास तालिम सञ्चालन गरिएको वडा अध्यक्ष बल्देव सिंह बोहराले जानकारी दिनुभयो ।

तालिममा वडा नम्बर ५ भित्रका १६ जना नयाँ उद्यमीहरुको सहभागिता रहेको गाउँपालिकाका बरिष्ठ उद्यम विकास सहजकर्ता पुरन बगालले जानकारी दिनुभयो ।

सहभागिहरुलाई तालिम पश्चात १-१ मौरीसहितको घार वितरण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?