देशका पहाडी भू–भागमा पानी पर्ने सम्भावना

दार्चुला । आज देशका पहाडी भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा र बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँहरुमा आज बिहान छिटपुट पानी परेको छ भने अहिले पनि आकाशमा बादल लागेको छ ।

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?