शैल्यशिखरको न्यायीक समितिले टोल विकास संस्थाका पदाधिकारीको क्षमता अभिवृद्धि गर्दै

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका न्यायीक समितिले टोल विकास संस्थाका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिरहेको छ। शैल्यशिखर नगरपालिका अन्तरगत ९ वटै वडामा गठन गरिएका टोल विकास संस्थाका पदाधिकारीहरूलाई तालिम दिइरहेको नगरपालिकाले जनाएको छ।

टोल विकास संस्थाको भुमिका र टोलमा योजना स्तरीकरण, छनोट प्रक्रिया लगायत विषयमा नौँ वटै वडामा गठित टोल विकास संस्थाका पदाधिकारीहरूलाई तालिम भइरहेको शैल्यशिखर नगरपालिका न्यायीक समितिका उजुरी प्रशासक मनोरथ जोशीले बताउनुभयो । अहिलेसम्म शैल्यशिखरको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा तालिम सम्पन्न गरिएको र वडा नम्बर ३, ४ र ९ मा केही दिनभित्रै तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

उक्त तालिममा न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख शान्ति खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, वडाअध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीको आतिथ्यता रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?