मालिकार्जुन गाउँपालिकाद्धारा फरक क्षमता भएका बालबालिकालाई शैक्षिक साम्रगी वितरण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले १८ औँ गणतन्त्र दिवसको अवसरमा फरक क्षमता भएका ६ जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण गरेको छ ।

मालिकार्जुन गाउँपालिकास्तरिय गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सञ्चालन गरिएको गणतन्त्र दिवस कार्यक्रममा फरक क्षमता भएका ६ जना बालबालिकाहरुलाई शैक्षिक साम्रगी वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभएको छ ।

त्यस्तै गाउँपालिकाले दिवसको अवसरमा प्रभातफेरी, बजार सरसफाई,  फरक क्षमता भएका ६ जना विद्यार्थीहरुलाई कापि, कलम, वर्णमाला र झोला वितरण गरिएको मालिकार्जुन गाउँपालिकाका एमआएस अपरेटर लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

दिवसको अवसरमा  ४ वटा मैत्रीर्पुण खेलहरु चम्चा दौड, म्युजिकल चेयर,घैटेफोड र मेमोरी क्युमा सहभागी भएकामध्ये प्रथम द्धितीय र तृतीय स्थान प्राप्त गर्ने सहभागीहरुलाई पनी पुरस्कार बितरण गरिएको छ ।

गणतन्त्र दिवस मूल समारोह समिति अध्यक्ष एंव गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पदम राज पन्त, नेपाली कांग्रेस क्षेत्र नम्बर क का सभापति मन्दिर सिंह धामी, पालिका सभापति किसन सिंह सामन्त, एमाले जिल्ला कमिटि सदस्य पदम सिंह धामी, कर्मचारी, शिक्षक विद्यार्थी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?