आईपीएल क्रिकेटमा गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको हिजो भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको छ ।

पञ्जाबको न्यू चण्डिगढमा भएको खेलमा मुम्बईले गुजरातलाई २० रनले हरायो । अब फाइनलमा पुग्न मुम्बईले दोस्रो क्वालिफायरमा पन्जाब किङ्ग्ससँग खेल्नेछ ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय २८ रन बनाएको थियो ।

उसका रोहित शर्माले सर्वाधिक ८१ रन बनाए । जोनी ब्रेयस्ट्रोले ४७ रन जोडे । गुजरातका साई किशोर र प्रसिद्ध कृष्णाले समान दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।

जीतका लागि दुई सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८ रन बनायो ।

उसका साई सुदर्शनले सर्वाधिक ८० रन बनाएपनि टोलीको हार टार्न सकेनन् । वासिङ्गटन सुन्दरले ४८ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्डले दुई, अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टेनरले समान एकरएक विकेट लिए ।

दोस्रो क्वालिफायरको खेल भोलि हुनेछ । विजेता टोलीले उपाधिका लागि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० सँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?