शैल्यशिखर-५ बगौरामा घरभित्र पसेको भालुको उद्दार

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बगौरा, भङगेरीधारमा घरभित्र पसेको भालुको उद्धार गरिएको छ । हिजो बेलुका गम्भीर घाइते अवस्थामा रहेको भालु स्थानीय राम दत्त जोशीले घर भित्र पसेको थियो ।

प्रहरी र डिभिजन वन कार्यालयको टोलीले भालुलाई घर बाहिर निकालेको डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत प्रमान्नद कुंवरले बताउनुभयो । भालुको स्वास्थ्य अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । ‘बाहिर घाउ चोट छैन, मुखबाट रगत निस्केको छ, हलचल गर्न सक्ने अवस्थामा छैन’ उहाँले भन्नुभयो ।

घाइते अवस्थाको भालुले हिजो साँझ स्थानीय कलावती रावललाई आक्रमण गरि घाइते बनाएको थियो । घाइते रावलको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताउनुभयो ।

गम्भीर घाइते अवस्थामा रहेको भालुलाई गोकुलेश्वर लैजाने तयारी भइरहेको कुवरले बताउनुभयो । परिक्षण पछि के कारण घाइते भएको भनेर पत्ता लाग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?