बैतडीमा भीरबाट लडेर ७० बर्षीया वृद्धाको मृत्यु 

दार्चुला । बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ टाक बस्ने ७० बर्षीया धनपती नाथको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

घर नजिकैको जंगलमा घाँस काट्न गएकी नाथ शनिबार  दिउँसो भीरबाट लडेर २ सय मिटर तल खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक नाथको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?