दार्चुला । सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय गन्तव्य अपी हिमाल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको “अपी काव्ययात्रा– २०८२” सम्पन्न भएको छ।
अपिहिमाल गाउँपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा जेठ १२ गतेदेखि सुरु भएको काव्ययात्रा सम्पन्न गरेर कवि–लेखकको टोली जेठ १९ गते काठमाडौं फर्किएको छ। काव्ययात्राका लागि काठमाडौंबाट १२ जना कवि, लेखक र पत्रकारको टोली अपिहिमाल गाउँपालिका पुगेको थियो। गाउँपालिकाको व्यवस्थापनमा उनीहरुलाई अपि बेसक्याम्पको यात्रा गराइएको थियो। यात्रालाई थप प्रभावकारी बनाउन अपिहिमाल गाउँपालिकाले ‘योग, ध्यान तथा ऊर्जा महासभा’को पनि आयोजना गरेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
यात्राको क्रममा टोलीलाई गाउँपालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम र पर्यटकीयस्थल तथा ‘होमस्टे’ हरुमा स्वागत गरेको थियो। भने, बेस क्याम्पमा पुगेपछि टोलीमा सहभागीहरूले साहित्य सिर्जना प्रस्तुत गर्दै अपी हिमाल क्षेत्रको अवलोकन गरेका थिए। त्यस्तै, अपी हिमाल बेस क्याम्प क्षेत्र र समग्र सुदूरपश्चिमको पर्यटन विकासका बारेमा पनि विमर्श गरिएको अध्यक्ष बोहराले बताउनुुभयो ।
यात्रामा निबन्धकार एवम् उपन्यासकार प्रभा बराल, समीक्षक एवम् आख्यानकार कुमारी लामा, कवि एवम् पत्रकार, लक्ष्मी रुम्बा,पत्रकार शान्ति तामाङ, कवि एवम् उपन्यासकार अनुपम रोशी, कवि, कथाकार एवम् पत्रकार, अभय श्रेष्ठसागर उदास लगायतको सहभागीता रहेको थियो । ‘योग, ध्यान शिविर सम्पन्न गरेर टोली हिजो काठमाडौँ फर्किएको छ ।





प्रतिक्रिया