दार्चुलाको महाकाली ९ बेतबाट १८ पेटी भन्सार छलीको बिडी बरामद

दार्चुला । सशस्त्र प्रहरीले दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ बेतबाट १८ पेटी भन्सार छलिको बिडी बरामद गरेको छ। मंगलबार (आज) विहान ३ः१५ बजेको समयमा सशस्त्र प्रहरीले भारतीय सीमा नजिकबाट गाडीमा लोड गरेको अवस्थामा बेवारिसे १८ पेटी बिडी सहित जिप नियन्तरणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा ८ लाख १० हजार बराबरको १८ पेटी बिडीसहित से.१ज १०८७ नम्बरको जीप नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नेपाल, न.४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देव राज जोशीले बताउनुभयो ।

नियन्तरण लिएको बिडी र गाडी दार्चुला भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो । यस्तै सशस्त्र प्रहरीले २०८१ फागुन देखि हाल सम्मको अवधिमा मात्रै अवैध रुपमा भन्सार छलि भित्र्याएको २० लाख ५७ हजार ६ सय २५ रुपैँया बराबरको अवैध सामान बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?